Admission Open

आजको मौसम : दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने, एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, २३ साउन : जल तथा मौसम विज्ञान विभागले जनाएअनुसार हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहेको छ । त्यसैगरी कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का पनि वर्षा भइरहेको विभागले जनाएको छ ।
प्रदेश १ र वागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन-चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १ र वागमती प्रदेशका केही तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन-चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...