काठमाडौं : अहिले देशभरको मौसममा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसमविदले बताएका छन् । जसको प्रभावले देशका विभिन्न भागमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ।
आज बिहान भने देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।