काठमाडौं : सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाकको चुनाव गर्ने घोषणा गरेपछि निर्वाचन आयोगले दलहरुलाई आयोगमा दर्ताका लागि आह्वान गरेको छ । आयोगले शुक्रबार एक सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि साउन २२ देखि ३१ गतेभित्र दल दर्ताको लागि आह्वान गरेको हो ।
