Admission Open

आन्तरिक तथा बाह्य पर्यटकलाई सहजै होटल खोज्न सघाउने ‘माइ होटल एण्ड होम डटकम’

काठमाडौं : नयाँ वर्ष, क्रिसमस, मेला, महोत्सव वा ठूला सम्मेलनमा जानु अघि होटलमा कोठा नपाउने चिन्ताले तपाईलाई सताएको छ भने ‘माइ होटल एण्ड होम डटकम’ वेभसाइटले तपाईलाई सहयोग पुर्‍याउन सक्छ ।

पर्यटन व्यवसायमा लागेका उत्सव पाठक र निर्माण व्यवसायमा समेत संलग्न सफटवेयर इन्जिनियर शैलेस कार्कीले डेढ वर्ष लगाएर विकास गरेको यस वेसभाईटमा आफूले चाहेको पर्यटकीय वा स्टार वा मध्यमखालको होटलका सर्त र उनीहरुले दिने सेवाको बारेमा विवरण दिइएको हुन्छ । साथै होटल वरपरका घुम्न मिल्ने ठाउँको विवरण पनि उपलब्ध छ ।

“वेभसाइट लग इन गर्दा त्यसमा होटलको चिनारी, शर्त, कोठा, त्यसको मूल्य, उपलब्ध सेवाबारेका फोटो समेत राखिएको हुन्छ जसले आफूले चाहेको कोठा छनौट गर्न सकिन्छ,” होटल एण्ड होम प्रालिका अध्यक्ष सफ्टवेयर इन्जिनियर शैलेश कार्कीले बताए ।

अहिले विशेषत नेपालभरिका मूख्य शहरका होटलहरुलाई समावेश गरी यो सेवा परीक्षणका रुपमा थालिएको छ । पछि होटलसँगै होमस्टे, होस्टेल, अपार्टमेण्ट वा घरको कोठा पनि बुकिङ गर्न सकिने लक्ष्य लिइएको छ ।

“ मोबाइल क्लिक गरेर सजिलै बास पाउन सकिन्छ भन्ने सन्देश दिन खोजेको हो, पर्यटन क्षेत्रमा यो नयाँ प्रोडक्ट पनि हो, विस्तारै बजार सृजना गर्नुपर्ने चुनौति छ,” होटल एण्ड होम प्रालिका प्रवन्ध निर्देशक उत्सव पाठकले भने । यो सस्तो, झण्भटरहित, ठगी नहुने, क्षमता अनुसारको कोठा लिन पाईने र एउटा प्रणालीमा आवद्ध भएको प्रवन्ध निर्देशक पाठकले थपे ।

हरेका काममा विद्युतीय प्रणालीको विकास भएको बेला पर्यटन क्षेत्रलाई सहज र नयाँ सेवा दिन इ बुकिङको अवधारण अघि सारिएको कार्की र पाठकको भनाई छ ।

दशै अघि यसको एप्स विकास गर्ने लक्ष्य लिइएकोमा हाल अनलाईन बुकिङ गर्दा दश प्रतिशत छुट दिइएको छ । अहिले प्रमुख पर्यटकीय शहर काठमाडौं, भक्तपुर, नगरकोट, धुलिखेल, चितवन, बन्दीपुर, घान्द्रुक, लुम्बिनी, बुटवल, पोखरा, चरीकोटलगायतका तीनसय होटल यसमा समावेश छन् ।

टिप्पणिहरु
Loading...