काठमाडौँ १८ साउन : सप्तकोसी नदीले पश्चिम क्षेत्रमा अत्याधिक मात्रामा कटान सुरु गरेपछि श्रीलंका टापुका स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ लागेका छन ।
गए रातीदेखि निरन्तरको अविरल वर्षाका कारण सप्तकोसी नदीले पश्चिम क्षेत्रको भु–भाग कटान गर्ने क्रम रोकिएको छैन । यसरी नदीले कटान गर्ने क्रम नरोकिएपछि श्रीलंका टापुका बासिन्दा सुरक्षित स्थलतर्फ लागेका हुन् ।
नदीमा पानीको बहाव अत्याधिक मात्रामा बढेपछि कोसी ब्यारेजका ३२ वटा ढोका खोलिएका छन । पानीको बहाव २ लाख १६ हजार ८५ क्युबिक प्रतिसेकेन्डका दरले भईरहेको छ । त्यसैले प्रहरीले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षा सर्तकता अपनाउन र सुरक्षित रहन सर्तक गराइरहेको छ ।