Admission Open

ad place

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

चितवन, १८ साउन : विगत केही दिनदेखि भईरहेको निरन्तरको वर्षाका कारण पहिरो खस्दा मुग्लिन–नरायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ ।

चितवनको भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा पहिरो गएपछि गत सोमबार राति ११ बजेदेखि बन्द भएको सडक २३ घण्टा पछि खुलेको थियो । पहिरो हटाएर गएराति साढे १० बजेतिर सडक खुलाए पनि फेरि २ बजेपछि पहाडको ढिस्कोसहित पहिरो झरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

राति साढे १० बजेदेखि २ बजेसम्म गाडी चले पनि फेरि पहिरो खस्दा ठप्प भएको छ । अहिले यो सडकखण्डमा गाडीको लामो लाइन लागेको छ ।

सडक अवरुद्ध हुँदा उक्त सडकमार्ग हुँदै यात्रा गरिरहेका यात्रु मारमा परेका छन् ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...