Admission Open

स्तरोन्नतिका लागि मनकामना केवलकारको सेवा साउन २३ देखि बन्द हुने

काठमाडौं : स्तरोन्नति गर्ने भन्दै मनकामना केवलकारले आफ्नो सेवा बन्द गर्ने भएको छ ।

केवलकारको पहिलो चरणको कार्यका लागि यही साउन २३ गतेदेखि अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द हुने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

उक्त कार्यका लागि प्राविधिकहरुको टोली अष्ट्रियाबाट आउने प्रा.लि.ले जनाएको छ । स्तरोन्नतिका लागि ५/६ साता लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । तर, उक्त अवधिभर केवलकार बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा भने संचालन हुने प्रा.लि.ले जनाएको छ ।

गोरखाको मनकामनास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना दर्शन प्रा.लिले २०५५ साल मङ्सिरबाट सञ्चालनमा ल्याएको मनकामना केबुलकार तीन चरणमा स्तरोन्नति गरिँदैछ ।

टिप्पणिहरु
Loading...