Admission Open

एनएमबि बैंकको एटिएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन कक्षमा

काठमाडौँ: एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा एटिएम सञ्चालनमा ल्याएको छ ।

आगमनमा पर्यटकलाई सहज र पर्यटन प्रवद्र्घनलाई सहयोग पु¥याउने उद्देश्यले एटिएम सञ्चालनमा ल्याएको हो । बैंकले यस अघिनै उक्त विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एटिएम सञ्चालनमा ल्याइसकेको छ ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...