काठमाडौं, १७ साउन : मौसम पूर्वानुमान महाशाखा अनुसार आज मंगलवार पनि देशभर मनसुन सक्रिय रहेको छ । आज बिहान प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केहि र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा चट्याङसहित मध्यम वर्षा भइरहेको पूर्वानुमान महाशाखाले जनाएको छ।
सक्रिय मनसुनका कारण केही दिनदेखि देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । कतिपय ठाँउमा भारी वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएकाले जनजीवन कष्टकर भएका छन्।