Admission Open

नागरिकता विधेयक पास गरेर सरकारले राष्ट्रघाती काम गर्‍यो : शंकर पोखरेल

काठमाडौंः नेकपा एमालेले महंगी र भ्रष्टाचारको विरोधमा काठमाडौं आयोजना गरेको सभालाई सम्बोधन गर्दै एमाले महासचिव शंकर पोखरेलले देशहित विपरीत नागरिकता विधेकय पास गरिएको आरोप लगाएका छन् ।

उनले सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गरेको आरोप लगाए ।

नागरिकता विधेयकमा अङ्गीकृत नागरिकताका सम्बन्धमा छिमेकी मुलुक भारतमा रहेको व्यवस्था अनुरूप हुनुपर्नेमा सत्ता टिकाउने नाममा देशहित विपरीतको व्यवस्था गरेकोमा एमालेको आपत्ति रहेको उनको भनाइ छ ।

अंगीकृत नागरिकताका हकमा नेपाल र भारतमा समान कानुनी व्यवस्था हुनुपर्ने उनले बताए । मुलुकको अर्थतन्त्र ओरालो यात्रामा रहेको बताएका महासचिव पोखरेलले सबै आर्थिक सूचक नकारात्मक रहेका जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...