Admission Open

आजको मौसम पूर्वानुमान : देशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, १४ साउन : हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थान आसपास रहेको मौसमविद्ले जनाएका छन् । पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले बिहान काठमाडौं उपत्यकासहित प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका धेरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राती भने प्रदेश १ र मधेश प्रदेशका एक९दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...