Admission Open

‘सर्दी लाग्छ नरुझ पानीमा’ तीज गीत सार्वजनिक

 

काठमाडौँ : तीज नजिकिदै गर्दा तीजका लागि भनेर बनाइएका गीतहरु अहिले धमाधम बजारमा आउन थालेका छन् । यस्तैमा गीतकार तथा गायिका गायत्री थापाको नयाँ तीज गीत ‘सर्दी लाग्छ नरुझ पानीमा’ सार्वजनिक भएको छ । लोकशैलीमा तयार गीतमा रामजी खाँड र शान्तीश्री परियारको स्वर रहेको छ ।

गीतमा प्रेमी प्रेमीकाले एक अर्काेको चिन्ता गर्दै भरिमा नरुझ भनेका छन् । राजस सुनामको संगीत तथा एरेन्ज रहेको गीतको आकर्षक भिडियो समेत बनेको छ । भिडियोमा गायक रामजी खाँड र मोडल जुना सुन्दासको अभिनय छ । थुप्रै कोरस समेत प्रयोग गरिएको भिडियोको निर्देशन तथा कोरियोग्राफी जेरी भण्डारीले गरेकी हुन् ।

करण चैसिरको छायाँकन, नविन घर्तीमगरको सम्पादन रहेको भिडियो शिव दर्शन फिल्मस्ले निर्माण गरेको हो ।
गीतदर्शक श्रोताको रोजाइमा पर्ने विश्वास गीतकार गायत्री थापाको रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...