Admission Open

साउन ११ गते बुधवारको मौसम पूर्वानुमान : केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं : अहिले काठमाडौंसहित देशका धेरै स्थानमा भारी  बर्षा भइरहेको छ । मौसमविद्का अनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही दक्षिणतिर अवस्थित रहेको छ। त्यसैको प्रभावका कारण प्रदेश-१, मधेश प्रदेश, बागमती र लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज  दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति पनि देशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश-१, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । उक्त भू-भागहरुमा पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...