Admission Open

आज घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ११ साउन : आज नेपाली बजारमा सुनचाँदीको मूल्य पुनः घटेको छ । बुधबार छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार २ रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै  बुधबार तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार तेजाबी सुन तोलाको ९३ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै, बुधबार चाँदीको मूल्य भने ५ रूपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...