काठमाडौं : आइतबार तोलामा ५ सय रुपैयाँले बढेको छापावाला सोमबार भने सामान्य घटेको छ । सोमबार छापावाला सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ ।
तोलामा १ सय रुपैयाँले घटेसँगै आज छापावाला सुनको मूल्य ९४ हजार ४ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जानकारी दिएको छ । आइतबार छापावाला सुन तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, सोमबार तेजाबी सुन तोलाको ९३ हजार ९ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार तेजाबी सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलाको १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्य नै कायम रहेको महासंघले जनाएको छ ।