Admission Open

ad place

राष्ट्रपति भण्डारीद्वारा भारतकी नयाँराष्ट्रपति द्रौपदी मुर्मूलाई बधाई सन्देश

काठमाडौं, ६ साउन : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको १५औं राष्ट्रपतिमा निर्वाचित भएकी द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना दिएकी छन् ।

राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत उनलाई बधाई तथा शुभकामना दिएकी हुन् । मुर्मूको कार्यकालमा नेपाल–भारतबीचको सहकार्यले नयाँ उचाई प्राप्त गर्ने विचार राष्ट्रपति भण्डारीले व्यक्त गरेकी छन् ।

‘मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा महामहिम द्रौपदी मुर्मूज्यूलाई म हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु । यहाँको कार्यकालमा हाम्रा दुई देश बिचको सहकार्यले नयाँ उचाई प्राप्त गर्नेमा म पूर्ण विश्वास व्यक्त गर्दछु,’ राष्ट्रपति भण्डारीले ट्वीटरमा लेखेकी छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...