नेपाली माला - खबरै खबरको माला, नेपाली माला
१४ बैशाख २०८३, सोमबार
नेपाली माला - खबरै खबरको माला, नेपाली माला

काठमाडौं, ६ साउन : मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । यसैको कारण देशभर वर्षा भइरहेको छ ।
आज दिउँसो देशका पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।