Admission Open

पिपुल्स पावर कम्पनीको आइपीओ भर्ने आज अन्तिम दिन

कतै तपाई छुट्नु भएको त छैन ?

काठमाडौँ ५ साउन : पिपुल्स पावर कम्पनीको आइपीओको लागि आवेदन दिने आज अन्तिम दिन हो । यस आइपीओमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछ ।

कम्पनीले असार ८ गतेदेखि इलाम जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि कुल ६ लाख ३२ हजार ६०० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

जसमध्ये अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिकाको वडा नं. १ र ४ का बासिन्दालाई १ लाख ८९ हजार ७८० कित्ता छुट्याइएको छ ।

यस्तै, इलाम जिल्लाका बासिन्दाका लागि ४ लाख ४२ हजार ८२० कित्ता आइपीओ जारी गरिएको छ । इच्छुक खरिदकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

यस आइपीओका लागि लगानीकर्ताले नेपाल बंगलादेश बैंक र ग्लोबल आइएमई बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर शाख र प्राइम कमर्सियल बैंकको राँके शाखाबाट आवेदन दिन सक्नेछन् ।

यसबहेक सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत पनि उक्त आइपीओमा आवेदन दिन पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...