Admission Open

ad place

काठमाडौं महानगरको फोहोर एक हप्ता नउठ्ने, कुहिने र नकुहिने छुट्याएर घरमै राख्न आग्रह

[ बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट जाने सिसडोल स्थित भ्याली–१ को सडक निर्माण कार्य भइरहेको छ । ]

काठमाडौं, ५ साउन : काठमाडौंबाट फोहोर संकलन अनियमित बन्दै गएका बेला आजबाट एक हप्ता ठप्प हुने भएको छ ।

नुवाकोटको सिसडोलदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटसम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक साता फोहोर व्यवस्थापनको काम रोकिए को काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै जनाएको हो । योसँगै एक साताका लागि उपत्यकाको फोहोर संकलन ठप्प भएको छ ।

बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै ल्यान्डफिल साइट खुल्ने गरेको थियो । जसकारण उपत्यकाको फोहोर नियमित उठन सकेको थिएन ।

महानगरले जारी गरेको सूचना :

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...