Admission Open

ad place

आज बढ्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ४ साउन  : नेपाली बजारमा सुनचाँदीको मूल्य बुधबार सामान्य बढेको छ । मंगलबार तोलामा २ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार भने तोलामा २ सय रुपैयाँले बढेको छ ।

तोलामा २ सय रुपैयाँले बढेसँगै आज छापावाला सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलबार छापावाला सुनको तोलाको ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजाबी सुनको मूल्य तोलाको ९३ हजार ५ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार तेजाबी सुनको मूल्य ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबारचाँदी तोलामा ५ रुपैयाँले बढेको छ । तोलामा ५ रुपैयाँले बढेसँगै आज चाँदी तोलाको १ हजार १ सय ६५रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलाको १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...