
काठमाडौं, ४ साउन : मौसम पूर्वानुमान महाशाखाले गराएको जानकारी अनुसार आज देशभरको मौसममा सामान्य बदली रहेको छ। अहिले मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थान भन्दा केहि उत्तरतिर र पश्चिमी भू-भागमा सरदरको आसपासमा अवस्थित रहेको मौसमविदले जनाएका छन् । जसका कारण देशभर सामान्य बदली रहेको जनाइएको छ ।
आज (बुधबार) देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


