Admission Open

सातदोबाटोस्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन दोस्रो वर्षमा प्रवेश

काठमाडौं : नेकपा माओवादी केन्द्रका महिला नेतृहरुको नेतृत्वमा ललितपुरको सातदोबाटोमा सञ्चालनमा आएको द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन दोस्रो वर्षमा प्रवेश गरेको छ । बर्गर हाउसको फ्रेन्चाइज लिएर व्यवसाय सुरु गरेको एक वर्ष पुरा भएको सञ्चालक सृजना त्रिपाठीले जानकारी दिइन् । त्रिपाठीसँगै उक्त व्यवसायमा उनका साथीहरु जुना मगर र बिमला केसीको संयुक्त लगानी छ ।

त्रिपाठी माओवादी केन्द्र कास्कीको सचिवालय सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । जुना मगर अखिल क्रान्तिकारीको विद्यार्थी राजनीतिमा आबद्ध छन् भने युवा स्वरोजगारमा काम पनि गर्दै आइरहेकी छन् । बिमला केसी राजनीतिमा प्रत्यक्ष आबद्ध नभए पनि सामाजिक काम रुचाउँछिन्, राजनीतिमा चासो राख्छिन् ।

राजनीतिसँगसँगै आफूहरु उत्पादन तथा व्यवसायमा पनि जोडिनुपर्छ भन्ने सोचका साथ बर्गर हाउसको फ्रेन्चाइजबाट व्यवसाय सञ्चालन गरेको स्मरण गर्दै त्रिपाठीले सम्पूर्ण सेवाग्राहीप्रति आभार व्यक्त गरिन् । ‘पारिवारिक वातावरणमा सेवा प्रदान गरिरहेका छौं,’ उनले भनिन्, ‘रेष्टुरेन्टमा ग्राहकको भिड लाग्ने गरेको छ । द बर्गर हाउसका खानेकुराहरुलाई धेरैले मन पराइरहनुभएको छ ।’

द बर्गर हाउसको मेनुमा उपलब्ध सम्पूर्ण खानेकुरा सोही क्वालिटीमा आफूहरुले ग्राहकलाई उपलब्ध गराइरहेको उनले बताइन् । ‘थप मेनुको पनि व्यवस्था गरेका छौं,’ उनले भनिन् ।

टिप्पणिहरु
Loading...