Admission Open

ad place

आज बढ्यो सुनचाँदीको मूल्य : हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २ साउन : पछिल्लो समयमा सुनचाँदीको मूल्यमा उतारचढाव कायमै रहेको छ । आइतबार तोलामा २ सय रुपैयाले घटेको सुनको मूल्य सोमबार भने तोलामा ४ सय रुपैयाँले बढेको छ ।

तोलामा ४ सय रुपैयाँले बढेसँगै आज छापावाला सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबार छापावाला सुनको तोलाको ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजाबी सुनको मूल्य तोलाको ९३ हजार ५ सय रुपैया कायम भई  कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार तेजाबी सुनको मूल्य ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । तोलामा ५ रुपैयाँले बढेसँगै आज चाँदी तोलाको १ हजार १ सय ६५रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।आइतबार चाँदी तोलाको १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...