नेपाली माला - खबरै खबरको माला, नेपाली माला
१५ चैत्र २०८०, बिहीबार
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
काठमाडौं, ३२ असार : अहिले देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा हुने जनाएको छ।
आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्यत बदली रहनेछ। देशभरका पहाडी भू९भागका केही स्थानहरुमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका पहाडी भू९भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।