काठमाडौं, २८ असार : पछिल्लो समयमा सुनचाँदीको मूल्यमा उतार चढाव कायमै रहेको छ । सोमबार तोलामा १ सय रुपैयाँले घटेको छापावाला सुनको मूल्य मंगलबार पुन: तोलामा २ सय रुपैयाँले घटेको छ ।
तोलामा २ सय रुपैयाँले घटेसँगै आज छापावाला सुनको मूल्य तोलाको ९४ हजार ५सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
सोमबार छापावाला सुन तोलाको ९४ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुनको मूल्य तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदी तोलामा १० रुपैयाँले घटेको छ ।तोलामा १० रुपैयाँ घटेसँगै आज चाँदी १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलाको ११८५ रुपैयामा कारोबार भएको थियो ।