Admission Open

ad place

आजको मौसम पूर्वानुमान : थोरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं,  २७ असार : पूर्वानुमान महाशाखाले जनाएअनुसार  आज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षा भइरहेको छ ।

दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राति प्रदेश १, गण्डकी र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आकलन गरिएको छ । सुदूरपश्चिम र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

मंगलबार सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...