Admission Open

सेल्सबेरीको वसुन्धरा शाखा थप सेवासहित सञ्चालनमा

काठमाडौं : सेल्सबेरी डिपार्टमेन्ट स्टोरको वसुन्धरा शाखाले थप सेवासहित सेवा विस्तार गरेको छ ।

थप सेवासहित उक्त शाखाको शनिबार रिओपनिङ गरिएको छ ।

रिओपनिङको अवसरमा वसुन्धरा शाखामा सामान खरिद गर्दा ग्राहकले विशेष छुट पाउने भएका छन् ।

घरायसी र किचन सामग्रीमा विशेष छुट प्रदान गरिएको सेल्सवेरीले जनाएको छ ।

यस अगाडि सेल्सबेरी एक्स्प्रेस नामबाट सञ्चालनमा रहेको उक्त शाखा सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा परिणत हुँदै अझै बढी सेवा सुविधासहित विस्तार गरिएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...