Admission Open

आजको मौसम पूर्वानुमान : यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं, २४ असार : आज देशभरकाका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती,गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आजराति देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ र मधेशका एक(दुई स्थान साथै बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत आंकलन गरिएको छ ।

त्यस्तै भोलि शनिबार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । प्रदेश १ र बाग्मती प्रदेशका एक९दुई स्थान साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै आइतबार भने पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...