Admission Open

ad place

सवारी साधनमा अव गजल-सायरी लेख्न नपाईने

[ लेखिएको सायरी र गजल हटाउने अभियान ]

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनमा लेखिएको अश्लील, अपाच्य, गाली, कानुनविपरीत तथा समाजमा विकृति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ र लेखहरूलाई हटाउने अभियान सञ्चालन गरेको छ ।

सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता सामग्रीले चालकको ध्यान मोडिन गई दुर्घटना निम्त्याएको पाइएपछि काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले उक्त अभियान थालेको जनाएको छ ।

नेपालको कानुनविपरीत महिला, बालबालिका, सीमान्तकृत समुदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना, कविता, सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचारप्रसार गर्न वा लेख्न नपाइने भएकाले यसलाई अभियानकै रूपमा सञ्चालनमा ल्याइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

अश्लील लाग्ने र द्विअर्थी लेखहरुले सामाजिक र मानसिकरूपमा खलल पुर्याउने, हिंसा र विकृति बढाउने र सडक सभ्यतामा पनि आँच पु¥याउने भएकाले त्यस्ता गतिविधि रोक्नतर्फ ट्राफिक प्रहरी लागिपरेको हो ।

सवारीको सिसामा स्टिकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न पनि ट्राफिक प्रहरीले चालकहरूलाई सुसूचित गरेको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए। उनका अनुसार ट्राफिक प्रहरीले चालक आसपास क्याबिनको भागमा सजावटका लागि झल्लरलगायतका सामग्री तथा म्युजिक सिस्टम क्याबिनमा राख्न पनि रोक लगाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...