Admission Open

अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् ।आज बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणाका छन् ।

त्यूस्तै प्रतिनिधिसभाले अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको र करको दर हेरफेर गरेको विषय छानबिनका लागि ११ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ ।

संसदीय विशेष समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् ।

सो समितिले बजेटमा करका दर हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय छनबिन गरी १० दिनभित्र प्रतिनिधिसभामा पेश गर्नुपर्नेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...