Admission Open

भिभो बन्यो फिफा विश्वकप फुटबल २०२२ कतारको आधिकारिक प्रायोजक

काठमाडौं : भिभो, ग्लोबल स्मार्टफोन ब्रान्डले सबैभन्दा प्रख्यात अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फिफा विश्वकप कतार २०२२ सँग आधिकारिक प्रायोजकको रूपमा आफ्नो साझेदारी घोषणा गरेको छ । सन् २०१७ देखि भिभो फिफा विश्वकपको दुई संस्करणमा आधिकारिक स्मार्टफोन भइसकेको छ । यस वर्ष, विश्वभरका फुटबल फ्यानहरूसँग अविस्मरणीय अनुभव सिर्जना गर्न उक्त प्रतियोगिता यहीँ २१ नोभेम्बर, २०२२ देखि कतारमा आयोजना हुनेछ ।

यस साझेदारीसँगै भिभोले फिफा विश्वकपमा आधिकारिक प्रतीक र आधिकारिक ब्रान्ड पहिचान प्रयोग गरेर विश्वभरका फुटबल फ्यानहरूसँग जोडिन अद्वितीय प्रवर्धनहरू संचालन गर्नेछ । यसका साथै, भिभोले इमर्सिभ ग्राहक अनुभवहरू सिर्जना गर्दै ग्राउन्डब्रेकिंग स्मार्टफोन टेक्नोलोजीलाई अगाडि बढाएर अन्तर्राष्ट्रिय स्तरमा वृद्धि गर्ने पण््रयास गरिरहेको छ ।
साझेदारीको उत्साह व्यक्त गर्दै भिभो नेपालका सीईओ माइकलले भन्नुभयो, “फिफा विश्वकप २०२२ कतारसँगको यो सहकार्य भिभोका लागि निर्णायक क्षण हो । “सुन्दर खेल” भनेर चिनिने फुटबलसंग उमेर, जात, लिङ्ग र संस्कृतिको बावजुद विश्वभरका अर्बौंलाई आनन्द प्रदान गर्ने र एकसाथ ल्याउने सक्ने शक्ति छ । वास्तवमा, यसको साँच्चिकै विश्वव्यापी पहुँच छ – यसले विश्वभरका अरबौंलाई प्रभाव पार्ने र प्रेरित गर्ने क्षमता राख्दछ, जसले प्रतिष्ठित फिफा विश्वकप कतार २०२२ लाई भिभोका लागि एक आदर्श मञ्च बनाउँछ, किनकि हाम्रो विश्वका ६० भन्दा बढी देश र क्षेत्रहरूमा उपस्थिति रहेको छ । यो साझेदारीले खेलकुदलाई प्रवद्र्धन गर्ने हाम्रो अन्तर्निहित मूल्यलाई प्रतिबिम्बित गर्दछ जसले लाखौं मानिसहरूलाई आनन्दित तुल्याउदैं विश्वभरका उपभोक्ताहरूका लागि एक अद्वितीय अनुभव प्रदान गर्दछ ।”

दक्षिण एसियामा शुरुवात गरेदेखि नै, भिभोको ध्यान र प्रतिबद्धता स्थानीय ग्राहकहरूलाई उत्कृष्ट उत्पादन अनुभवहरू उपलब्ध गराउनमा रहेको छ । साथै भिभोको स्थानीयकृत उत्पादन र मार्केटिंग रणनीतिहरूले गर्दा बजार हिस्सामा द्रुत वृद्धि देखेको छ । भिभोले प्रयोगकर्ताहरूलाई केन्द्रित गर्दै अग्रगामी स्मार्टफोन प्रविधिहरू प्रदान गर्न निरन्तर जारी राख्नेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...