Admission Open

दिनभरी बढेको सेयर बजार अन्तिममा घट्यो, कारोबार रकम भने साढे ४ अर्ब नजिक

काठमाडौं : दिनभरी बढेको सेयर बजार दोस्रो कारोबार दिन सोमबार अन्तिममा आएर घटेको छ । आज बजार परिसूचक नेप्से ९ दशमलव ७५ अंकले घटेर २ हजार ७६ दशमलव ६७ विन्दुमा झरेको छ ।

दिउँसो १ बजेर ६ मिनेट जाँदा नेप्से ६२ अंकले बढेर २१ सय ४८ विन्दुसम्म पुगेको थियो । पौने ३ बजेदेखि नेप्से ओरालो लागेर २६ अंकसम्म घटेको थियो । तर बन्द हुने बेलामा भने झन्डै १० अंकले ओरालो लागेको छ ।

नेप्से घटे पनि आज कारोबार रकममा भने सुधार आएको छ । आज दुई सय ३४ वटा कम्पनीका एक करोड नौ लाख कित्ता सेयर किनबेच हुँदा चार अर्ब ३४ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ ।

आज बैंकिङ १, विकास बैंक ५२, फाइनान्स ६, होटल तथा पर्यटन ४६, जलविद्युत् १३, उत्पादन ४५, माइक्रोफाइनान्स ६० र अन्य उपसमूह २७ अंक घटेका छन् भने, व्यापार १०४, निर्जीवन बीमा ४८ र जीवन बीमा ५५ अंक बढेका छन्।

आज सीवाईसी लघुवित्त र ङादी ग्रुपको मूल्य १० प्रतिशतले बढ्दा सामलिङ पावरको मूल्य ७ दशमलव ७ र एसटीसीको मूल्य ६ दशमलव ८ प्रतिशतले बढेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...