Organ Donation

Organ Donation

Mangalam Pipes

यसरी नचाहँदा नचाहँदै पनि खाडीमा जान बाध्य छन् नेपाली युवाहरु

हेर्नुहोस् भिडियो

काठमाडौं : टेलिश्रृंखला परदेशी हजुरको दोस्रो भाग  सार्वजनिक भएको छ । पहिलो भागलाई दर्शकले निकै रुचाएका बेला निर्माण यूनिटले दोस्रो भाग पनि सार्वजनिक गरेको छ । बढ्दो बेरोजगारी र गरिबीका कारण कैयौँ युवाहरु गाउँमा बस्नै नसक्ने अवस्थाकाबीच विदेश पहलायन हुनु आम युवाहरुको बाध्यतालाई नजिकबाट केलाइएको टेलिशृंखलामा चर्चित कलाकार शुभेच्छा थापा पनि यो साताबाट शृखलामा देखिएकी छिन् ।

राजु गिरीको निर्देशनमा तयार भएको टेलिश्रृंखला शुभेच्छाका अलावा बिक्रम बस्नेत, राजु गिरी, धर्मेन्द्र आचार्य, अस्मिता बस्नेत, आशा भुषाल, नारायण खाती, हिरा श्रेष्ठ, पुरुसोत्तम ढुंगाना लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ ।

५२ भागसम्म प्रसारण्मा आउने टेलिश्रृंखलाका निर्माता हुन् गायक सुभाष पुरी ।  निर्देशक गिरीकै लेखन रहेको श्रृंखलामा विष्णु निराकरणको छायांकन छ ।

टेलिश्रृंखला हरेक शनिबार मेघा टेलिभिजनबाट साढे ८ बजे र परदेशी हजुर नामक युट्युबबाट साढे ६ बजे प्रसारणमा हुनेछ । सार्वजनिक टेलिश्रृंखलाको गीत समीक्षा अधिकारीले गाएकी हुन् भने गीतमा शब्द सृजना राजु बस्नेतको छन् । सुमन केसीको एरेन्ज रहेको गीतको संगीत संयोजन चन्द्र चौधरीको रहेको छ भने गीतमा संगीत नवीन कार्कीको छ ।

टिप्पणिहरु
Loading...