Admission Open

सेयर बजार हरियाली : नेप्से ५७.६१ अंकले बढ्दा २ अर्ब ४८ करोडको कारोबार

काठमाडौं : साताको पहिलो दिन आज सेयर बजारमा हरियाली छाएको छ । आज परिसूचक नेप्से ५७ दशमलव ६१ अंकले बढेर दुई हजार ८६ दशमलव ३८ विन्दुमा पुगेको छ । आज व्यापार, जलविद्युत, बीमा र लघुवित्त समूहको सेयर उच्च अंकले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज दुई सय ३१ वटा कम्पनीका ६२ लाख २७ हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको २२ करोड २८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन, हिमालयन पावर पार्टनर, माथिल्लो तामाकोसी जलविद्युत, सान्जेन जलविद्युत कम्पनी, नेस्डो समृद्ध लघुवित्त र सीवाईसी नेपाल लघुवित्तका लगानीकर्ताले उल्लेख्य कमाएका छन् । यसबाहेक, रसुवागढी हाइड्रोपावर, मध्य भोटेकोसी जलविद्युत र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा समेत ९ प्रतिशतभन्दा धेरैको वृद्धि देखिएको छ ।

आज नेप्सेमा कारोबार भएका सबै १३ वटै समूहमा उल्लेख्य सुधार आएको छ । जसमध्ये उत्पादनमूलक समूहमा २५० अंकको वृद्धि आउँदा निर्जीवन बीमा कम्पनी समूहमा १८१ अंकको सुधार आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...