Admission Open

ad place

आज पनि देशभर वर्षाको सम्भावना : दिउँसो पनि देशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, १६ असार :  मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यसैगरी प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक९दुई स्थानमा भने भारी वर्षाको सम्भावनासमेत रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार राति भारी वर्षा केही कम हुने आकलन गरिएको छ । यद्यपि, हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । शुक्रबार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शनिबार पहाडी भूभागका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।
मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणी भूभाग नजिक रहेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...