Admission Open

एनएमबि बैंक र ट्रेकिङ्ग एसोसिएशन अफ नेपाल बीच समझदारी, डिजीटल भुक्तानीमा सहजता

काठमाडौँ : एनएमबि बैंक र ट्रेकिङ्ग एसोसिएशन अफ नेपाल (TAAN) को बीच डिजीटल सेवाहरु लाई प्राथमिकता दिनका लागि समझदारी भएको छ । उक्त समझदारी २०७९ असार ९ मा सम्पन्न भएको हो । उक्त समझदारीका लागि बैंकको तर्फबाट प्रमुख ब्यापार तथा रणनीति अधिकृत श्री सुदेश उपाध्याय र त्ब्ब्ल् को तर्फबाट अध्यक्ष श्री खुब बहादुर सुबेदी बीच समझदारी पत्र हस्तानान्तरण भएको छ ।

उक्त समझदारी पत्रमार्फत टानका TAAN सदस्यहरुले एनएमबि बैकको डिजिटल सेवाहरु सजिलै उपभोग गर्न सक्नेछन् । एनएमबि बैंकले डिजिटल सेवाहरु वी च्याट, पोस, क्युआर र पेमेन्ट गेटवे जस्ता सुविधाहरु प्राथमिकताका साथ प्रवाह गर्दै आईरहेको छ । यी सेवाहरुले गर्दा टानका सदस्यहरु लाई ब्यापार व्यवसायमा सहजिकरण हुने विश्वास लिइएको छ । एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोवारहरुको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरु सञ्चालन गर्दै आएको छ ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...