Admission Open

ad place

‘शारीरिक अपांगता भएका व्यक्ति पनि यौन तथा प्रजनन क्षमतामा सक्षम हुन्छन्’

काठमाडौं : अझै पनि हाम्रो समाजमा अपांगता भएको व्यक्तिलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार फरक पाइन्छ । तर पछिल्लो समयमा अपांगता भएका व्यक्तिले पनि सक्षम व्यक्तिसरह कार्य गर्दै आएका छन् । हाम्रो समाजमा अपांगता भएको व्यक्तिलाई हरेक कार्यबाट बञ्चित गरेरे राखिने गरिन्छ तर पछिल्लो समयमा अपांगतालाई पनि सक्षम बनाउनु पर्छ भन्ने मानसिकताको विकास विस्तारै हुँदैगएपनि अझै पूर्णरुपमा उनीहरुलाई सक्षम बनाउन सकिएको अवस्था छैन । त्यसमाथि पनि उनीहरुको यौन प्रजननको कुरामा त कसैले पनि ध्यान दिइरहेका हुँदैनन् । तर हामीेले उनिहरुको पनि यौनचाहानलाई ध्यान दिन जरुरी देखिन्छ । अपांगता भएका व्यक्तिको पनि आम मानिसका झै यौनचाहाना हुन्छ र उनिहरुको यौन प्रजनन क्षमताले राम्रो कार्य गर्न सक्छ भन्ने ज्वलन्त उदाहरणका लागि हामिले मकवानपुरका अमिर बमजमलाई लिन सक्छौ ।

अमिर बमजमको जन्म मकवानपुरको थाहा नगरपालिका खानी गाँउमा भएको हो । अहिले बमजम २२ बर्षका भएका छन् । उनी शारिरिक रुपमा अपांगता भएका व्यक्ती हुन । शारिरिक रुपमा अपांगता भएपनि उनी मानसिक रुपमा भने निकै सक्षम छन् । बहुमुखी प्रतिभाका धनी बमजमले मुखको माध्यमबाट चित्रकला कोर्दै आएका छन् भने गायनमा पनि उनको रुचि छ । आफ्नो जीवन भोगाईलाई समेटेर गीत रचना गरेका छन् भने मुखले ब्रस तथा रंग प्रयोग गरि चित्र कोर्दै आएका छन् ।

२०७२ साल बैशाख १२ गते नेपालमा गएको भुकम्पमा धेरैले ज्यान गुमाए तर उनलाई भने एक अवसर बन्यो ! भुकम्पपछि नागरिकले मानसिक रुपमा भोग्नुपरेका समस्याको तथ्याङ्क संकलन गर्न करुणा फाउन्डेसनका कर्मचारी थाहा नगरपालिकाको खानी गाउँ पुगे । जब तथ्यांक संकलनका लागि गएका कर्मचारीले आफ्नो अफिसमा गएर उनको बारेमा बताए, त्यसलगत्तै उनलाई साथ दिन पुग्यो करुणा फाउण्डेसन । उनको प्रतिभा प्रस्फुटन गराउन महत्वपुर्ण हात भने करुणा फाउन्डेसन नेपालको रहेको छ । वरिष्ठ चित्रकार किरण मान्नधरसँग चित्रकला सिक्ने र न्यु बज्राचार्यसँग संगित सिक्ने अवसर जुराईदियो फाउण्डेसनले ।

बमजमले आफ्नो फेसबुक पेज पनि बनाएका छन् जहाँ आफुले बनाएका चित्र राख्ने गरेका छन् । उनले बनाएका चित्रको अनुशरा मूल्य निर्धारण गरिएको छ भने १५ हजारदेखि १ लाख रुपैयाँ पर्नेसम्मका चित्र उनले बनाएका छन् । उनले बनाएका चित्रको बिक्रीका लागि करुणा फाउण्डेसनले साथ दिएको छ ।

बमजमको प्रतिभा देख्दा हामीलाई जति आनन्द लाग्छ उनको यौन जीवनको कुुरा सुुन्दा पनि त्यतिनै रोचक छ । बमजमको उमेर बढ्दै गएसँगै बमजमका इच्छा तथा चाहना पनि बढ्न थाले । यौन चाहना हुन्छ भन्ने कुरा पहिला आफुले कसैलाई नभनेकोे र भनेपनि कसैले नबुझ्ने उनको भनाई छ । आफ्ना चाहना मरेर पो जाने हुन् कि भन्ने चिन्ता उनलाई थियो । शारिरिक रुपमा अपांगता भएपनि हरेक मानिसमा यौन चाहान हुने बमजमको भनाइ छ ।

परिवारको पुर्ण साथ र सहयोगका कारण आफु सफल भएको उनी बताँउछन् । घरमा आमाले पढ्न सिकाएको र विद्यालय लैजाने गरेको उनको भनाई छ । उनले विद्यालयको औपचारिक अध्ययन पनि शुरु गरेका थिए । विद्यालय टाढा भएकै कारण उनको औपचारिक शिक्षाले भने निरन्तरता पाउन सकेन ।

अमिरसँग विवाह गर्दा धेरै जनाले नराम्रा कुरा गरेको उनको श्रीमती पुष्पाको भनाइ छ । १२ कक्षा पास गरेकी पुष्पा पनि यौन तथा प्रजनन क्षमताको बिषयमा निकै खुलेर कुरा गर्छिन् । आफू गर्भवती भएपछि समाजमा धेरै खालका नकारात्मक टिप्पणी गर्नेहरु प्रशस्त रहेको उनले बताईन् । ‘विवाहपछि हरेक महिलाको चाहना आमा बन्ने हुन्छ र म मापनि त्यो चाहना थियो र चाहना पुरा गर्न पनि हामी सफल भयौं’ उनले भनिन् ।

जन्मजात र जन्म पश्चात हुने अपांगता रोकथाम तथा अपांगता भएका व्यक्तकिो जीवनमा सुधार ल्याउन तथा उनिहरुको सम्मानपुर्वक जीवनयापन गर्ने अधिकार सुनिश्चित गर्ने लक्ष्यका साथ अपांगता रोकथाम तथा पुर्नस्थापनाका क्षेत्रमा काम गर्दै आइरहेको फाउण्डेसनका कार्यकारी निर्देशक दीपकराज सापकोटाले जाकारी दिए । सोही अनुशार बमजमलाई सहयोग गरेको उनले बताए । फाण्डेसनले प्रदेश नं १ को सरकार तथा स्थानीय तहसँग साझेदारी गरि इलाम, सुनसरी, मोरङ, पाँचथर, धनकुटा, भोजपुर रसंखुवा सभाका ६९ पालिकामा अपांगता रोकथाम तथा पुर्नस्थापनाका कार्यक्रम संचालन गरिरहेको वीत्त तथा प्रशासन प्रमुख दिनेश ढकालले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...