Admission Open

पोखराको फिर्केपुल नजिकै सडक र घर भासियो

पोखरा : पोखरामा लगातारको वर्षासँगै परेसँगै सडक भासिएको छ ।

पोखरा महानगरपालिका ४ मा बुढानिलकण्ठ मन्दिर नजिकैको सडकमा आइतबार विहान ठूलो भ्वाङ परेर भास्सिएको छ । लगातारको वर्षासँगै पोखरा–बागलुङ राजमार्गको फिर्केखोला पुलसँगैबाट बुढनिलकण्ठ मन्दिर हुँदै गणेशटोल सिद्धार्थचोक र गैरापाटन निस्कने सडकमा भ्वाङ परेको हो। राती १ बजेतिर भ्वाङ परेको बगलुङ बसपार्क प्रहरी चौकीले जनाएको छ।

सडकमा भ्वाङ परेकाले आसपासको क्षेत्र जोखिममा परेको छ। सवारी तथा पैदलयात्रु आवागमन अवरुद्ध बनेको छ। बुढानिलकण्ठ क्रियाकर्म आवासीय भवन र पुन काष्ठ फर्निचर शोरुम बढि जोखिममा परेको छ।

अहिले, पोखरा महानगरपालिका वडा नं ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीको उपस्थितिमा महानगरपालिका कर्मचारीले भ्वाङ परेको क्षेत्रलाई तार र डोरीले बेरेर राखेको छ। तत्काल भ्वाङ पुरेर जोखिम न्युनिकरण कम गर्ने प्रयासमा रहेको वडाध्यक्ष पराजुलीले बताए।

सडक भासिएको खाल्डो नगरपालिकाले पुर्न लागेको छ। पोखरा महानगरकि उपप्रमुख मञ्जुदेवी गुरुङसहितको टोलीले भासिएको सडकको स्थलगत निरीक्षण गरेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...