Admission Open

आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । आज तोलामा २ सयले घटेसँगै आज छापावाला सुन तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकरी दिएको छ ।

बिहीबार सुन तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयामा कारोबार तोकिएको महासंघले जनाएको छ ।

हिजो तेजाबी सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, शुक्रबार चाँदी तोलाका १० रुपैयाँले घटेको छ । तोलामा १० रुपैयाँ घटेसँगै आज चाँदी तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

बुधबार चाँदी  १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...