Admission Open

आज अपरान्ह ४ बजे रिपोर्टस् क्लवमा राष्ट्रिय स्वतन्त्र पार्टीको पत्रकार सम्मेलन : पार्टी प्रवक्ता डा. मुकुल ढकाल

काठमाडौँ, १० असार : आज अपरान्ह ४ बजे रिपोर्टस् क्लवमा राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताको जिम्मेवारी डाक्टर डा मुकुल ढकाललाई दिईएको छ ।

रवि लामिछानेको नेतृत्वमा गठन गरिएको उक्त पार्टी निर्वाचन आयोगमा दर्ताको प्रक्रियामा छ । दर्ता भने भईसकेको छैन ।

पार्टी गठनको घोषणापछि आज पहिलोपटक राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्न लागेको हो ।

प्रवक्ता ढकालको हस्ताक्षरसहित पत्रकार सम्मेलन भन्दै पार्टीले पत्र सार्वजनिक गरेको छ।
आज अपरान्ह ४ बजे रिपोर्टस् क्लवमा पत्रकार सम्मेलन हुने ढकालले उल्लेख गरेका छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...