Admission Open

दुहवी–इनरुवा सडक निर्माणकालागि संघर्ष समिति गठन

# दीपक निरौला

सुनसरी/इनरुवा करिव १ वर्षअघि दुहवी–इनरुवा सडक बनिनु पर्छ भनेर धेरै पटक नेपाली माला अनलाइनमा समाचार संप्रेषण भए । सरोकारवाला निकायसँग पनि घनिभूत छलफल गरेर समाचार प्रकाशित गरियो । तर कसैका कानमा बतास लागेन । एकले अर्कालाई दोषारोपण गर्ने र आफू पानीमाथिको ओभानो बन्ने चतु¥र्यांई जिम्मेवार व्यक्तिले गरे ।

करिव १५ कि.मि. लामो दुहवी– इनरुवा सडक खण्ड अत्यधिक सवारी चापले थिलथिलो भएको छ । यो सडक रुपान्तरणको पर्खाईमा केन्द्रतिर मुख ताकेर बसिरहेको छ । दह्रो लविङ गर्ने व्यक्ति वा निकायको आशमा मनको लड्डू घ्यूसँग खाई रहेको छ । व्यवस्थित ढलसहितको रुपातरित सडक कहिले बन्ला रु बीचमा हरियो दुवो अनि मगमगाउँदा मौसम अनुसारका फूलमा पुत्तली र भमरा कहिले नाँच्लान यो सडकमा ? आकासे पानीले सडकको धुलोमैलो सिनित्तै बढारेर ढलमा पठाएको सफा सडक कहिले हेर्न पाइएला रु सडकका दायाँवायाँ किनारामा स्टीकर लाईट रातको समयमा टिलिक्क टल्केको हेर्न कसलाई मन छैन होला र रु यावत प्रश्नको जवाफ कस्ले दिने होला र ?

माथि भनिएका कुराको व्यग्र प्रतिक्षामा यो सडक प्रयोगकर्ता र स्थानीय वासिन्दा रहेका छन् । भरखरै यो सडक बन्नु पर्छ भनेर इनरुवा न.पा. वडा नंं. १ र ५ का वासिन्दाहरु तात्न थालेका छन् । उनीहरुले दवावमूलक वृहद संघर्ष समिति गठन गरेका छन् । इनरुवा –५ बलाहाका गोविन्दप्रसाद पोखरेल ९नवयुग डेरी० को संयोजकत्वमा ५० सदस्यीय सडक निर्माण दवाव समिति गठन भएको हो । समितिमा ५ जना सह–संयोजक रहेका छन् । जसमा दण्डपाणी भण्डारी, एकराज खनाल, दाताराम पोखरेल, माधवप्रसाद सुवेदी छन् । त्यसैगरी सचिवालय सदस्यहरु पनि गठन गरिएको छ । जसमा पूर्व वडा्ध्यक्ष अञ्जनीकुमार पोखरेल, अच्यूत भण्डारी, नेत्र श्रेष्ठ, हेमराज पोखरेल, लालबहादुर श्रेष्ठ, हेमबहादुर श्रेष्ठ, सीता पोखरेल,कृष्ण खनाल, ईश्वर पोेखरेल, रमेश कट्वाल, कपिलहरी निरौला, विनोदभाई पोखरेल, रामनारायण चौधरी र टंकप्रसाद पोखरेल रहेका छन् ।

त्यसैगरी ३० जना सदस्य र इनरुवा न.पा. वडा नं। १ र ५ का टोल विकास समितिका संयोजक र सह–संयोजक सदस्य रहने गरी ३ चरणको समिति गठन गरिएको संयोजक गोविन्दप्रसाद पोखरेलले बताए । जीर्ण अवस्थाको सडकलाई जतिसक्दो चाँडो विस्तार गरी तिव्र बसाईं सराईं रोक्न संंघर्ष समिति गठन गर्नु परेको सह–संयोजक दण्डपाणी भण्डारीले बताए । बलाहा जस्तो शान्त क्षेत्र र ठूला नेता तथा कर्मचारी जन्माएको ठाउँमा जीर्ण अवस्थाको बाटो बनाउन कसैले पहल नगरेका कारण शान्तिपूर्ण दवावमूलक आन्दोलको विकल्प नभएको अर्का सह–संयोजक माधवप्रसाद सुवेदीले बताए ।

गढी गाउपालिका र दुहवी नगरपालिकालाई पनि यस संघर्ष समितिमा समावेश गरेर वृहद दववामूलक र प्रतिफल प्राप्त हुने किसिमले अगाडि बढाउने योजना रहेको संघर्ष समितिका सदस्य माधवप्रसाद आचार्यले बताए । इनरुवाको एक्लो प्रयास सफल नहुने भएकोले दुहवी र गढीका नागरिकसंंग समन्वय गरेर सडक निर्माणमा दवाव सिर्जना हुनेमा सह–संयोजक एकराज खनाल र दाताराम पोखरेल सहमत छन् । सडक निर्माणको लागि आफ्नो कार्यकालमा पनि धेरैतिर कुरा पु¥याएको तर कसैले वास्ता नगरेको तीतो पीडा निवर्तमान वडाध्यक्ष अञ्जनीकुमार पोखरेलले सुनाए । उनले थपे ‘नेपाल सरकारको माताहतमा रहेको यो सडक स्थानीय निकायले मर्मतको नाममा छुनै नपाउने र ठूलो रकमको विषयमा चिताउनै नसक्ने भएकोले अलपत्र अवस्थामा रहेको हो ।’ सडक डिभिजन कार्यालय विराटनगरमा गुरुयोजना तयार भएको छ भन्ने सुनेर माग्न जाँदा कर्मचारीले रित्तो हात फर्काएको पीडा उनले सुनाए । व्यवस्थित ढल सहित सडक नबने सम्म शान्तिपूर्ण धर्ना, चक्काजाम लगायतका कार्यक्रम जारी राख्ने सचिवालय सदस्य तथा युवा नेता टंकप्रसाद पोखरेलले बताए । इनरुवाका शक्तिशाली नेता केन्द्रमा पुगेर शिथिल भएको देख्दामा आफू अचम्ममा परेको सचिवालय सदस्य अच्यूत भण्डारी बताउँछन् ।

दोश्रो चरणमा गढी र दुहवी क्षेत्रका वासिन्दालाई समेट्ने । तेश्रो चरणमा स्थानीय, प्रदेश र केन्द्र सम्मका निर्वाचित जनप्रतिनिधि, सरोकारवाला निकायका कर्मचारीलगायतलाई सडकमै उभ्याएर वृहद अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने । त्यसपछि उनिहरुलाई सडकमै कालो चस्मामा हिंड्न लगाएर स्थलगत जानकारी गराउने । उनिहरुसँग कहिले सम्म बन्छ भनेर समय सीमा तोक्न लगाउने लगायतका कार्यक्रम तय गरिएको संयोजक पोखरेलले बताए ।

टिप्पणिहरु
Loading...