Admission Open

दमौलीमा प्रहरीको डरलाग्दो नमुना अभ्यास तालिम,  मान्छेहरुको रुवाबासी 

दमौली : दमौली बजारको अनसन चौतारी खुल्ला चौरमा मानिसको हुल रुँदै कराउँदै आउँछन् । भुकम्प आयो घर भत्कियो, घरभित्र मान्छे पुरिएको भन्दै रुँदै आउँछन् । पछि प्रहरीको भ्यानसहित केही प्रहरी तत्काल आउँछन् र घटनाबारे बुझ्छन् । लगतै नजिकै रहेको छाप्रोमा ठूलो आगोलागी हुन्छ । दमकल आउँछ आगो निभाउँछ । भत्किएको घरबाट घाईते मानिसलाई प्रहरीले उद्दार गर्छ । यो सबै दृश्य बिपद व्यवस्थापनको लागि नेपाली सेना, नेपाल प्रहरीले गरेको पूर्व अभ्यास तालिम हो । यसमा संकेतिक रुपमा भुकम्प, आगोलागी जस्ता बिपत्तीहरु देखाईएको छ । यस्ता प्राकृतिक बिपद पर्दा कसरी उद्दार गर्नेबारे दिईएको तालिमको भिडियो हो । केबल यो सांकेतिक हो । दमौली बजारमा यसको पूर्व अभ्यास गरिएको थियो ।
हेर्नुहोस् भिडियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...