Admission Open

अव पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजल प्रतिलिटर १९२ मात्र

[ पेट्रोल प्रतिलिटर २१ रुपैयाँ, डिजेल र मट्टितेलमा २७ रुपैयाँ बढ्यो ]

काठमाडौं, ६ असार : नेपाल आयल निगमले आइतबार मध्यराति पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ बृद्धि गरी १९९ रुपैयाँ प्रतिलिटर पुर्याइएको छ । भारतबाट बढेर आएपछि नेपाल आयल निगमले तेलको मूल्यबृद्धि गरेको जनाएको छ ।

निगमका अनुसार डिजल र मट्ट्रितेलको मुल्य पनि प्रतिलिटर २७ ले बढेर १९२ पुगेको छ । सरकारले कर छुट दिने भने पनि व्यवहारमा नउतार्दा उपभोक्ता भारी मूल्य तिर्न बाध्य भएका छन् । भारतले भने कर छुट दिएर उपभोक्तालाई राहत दिएको छ ।

हेर्नुहोस आयल निगमको सूची :

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...