Admission Open

मेयर बालेनले हरेक आइतबार जनतासँग प्रत्यक्ष संवाद गर्ने

[ महानगरका सेवा होम डेलिभरी प्रणालीमा लैजाने ]

काठमाडौं : काठमाडौं महानगरपालिकाले जनताका गुनासो सुन्न हरेक आइतबार ‘जनतासँग मेयर’ प्रत्यक्ष संवाद कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आइतबार बसेको महानगरको पहिलो बैठकमा महानगरका मेयर बालन्द्र साह (बालेन) ले आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रममा जनताका गुनासो सुन्न हरेक आइतबार ‘जनतासँग मेयर’ प्रत्यक्ष संवाद कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ।

त्यस्तै, मेयर शाहले काठमाडौं महानगरका सेवालाई अब होम डेलिभरी प्रणालीमा लैजान समेत पहल गरिने बताएका छन् भने आफू अन्तर्गतका कार्यालयहरूमा सीसीटिभी जडान गरी सेवामा निगरानी पनि गर्ने भएका छन् । महानगरले दिने सेवालाई पारदर्शी र सुशासनका लागि कानुनसमेत बनाइएको उल्लेख गरिएको छ।

त्यसैगरी यस अघिदेखि दिइँदै आएको पदक सम्मान कार्यक्रमलाई महानगरले निरन्तरता दिने भएको छ ।

त्यस्तै, महानगरपालिकाभित्र रहेका १३ सामुदायिक विद्यालयमा आगामी आर्थिक वर्षदेखि प्राविधिक शिक्षा पढाइ हुने भएको छ । मेयर साहले हाल महानगरपालिकामा ११ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पढाइँदै गरिएकोमा दुई विद्यालय थप गरिने बताए ।

अब महानगरपालिकाको ११औँ अधिवेशनको दोस्रो बैठक आगामी असार ८ गते बस्ने भएको छ । राष्ट्रिय सभागृहमा दिउँसो ३ बजेका लागि बोलाइएको दोस्रो बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गरिने भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...