Admission Open

पुँजी बजार सुधारको माग गर्दै सेयर लगानीकर्ताद्वारा प्रदर्शन

 

काठमाडौं : पुँजी बजार सुधारको माग गर्दै सेयर लगानीकर्ताहरूले प्रदर्शन गरेका छन् ।

आफूहरूले अघि सारेको माग तत्काल कार्यान्वयन गर्नुपर्ने भन्दै उनीहरूले शनिबार ललितपुरको खुलमटारस्थित नेपाल धितोपत्र बोर्डको कार्यालय नजिकै र्‍यालीसहित प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ‘पुँजी बजारको सुधार र विकास रोक्न पाइँदैन’, ‘नेप्सेको पुनर्संरचना गर’, ‘धित्तोपत्र बोर्डलाई स्वायत्त बनाऔं’लगायतका नारा लगाएका थिए ।

पुँजी बजार सुधारको मागसहित लगानीकर्ता संघर्ष समितिका संयोजक तिलक कोइराला विगत ४ दिनदेखि आमरण अनसनमा छन् । अनसनरत कोइरालाको स्वास्थ्य अवस्था कमजोर बन्दासमेत सरकारको ध्यान जान नसकेको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...