Admission Open

ad place

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं, ३ असार  : आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने भएको हो ।

आज बस्ने बैठकमा गृहमन्त्री बालकृष्ण खाणले तीन वटा विधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । गृहमन्त्रीले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने र विधेयक प्रस्तुत गर्ने छन् ।

त्यसैगरी, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

उनले नै नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

बैककमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन र बिमा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, पेस गर्ने सम्भावित कार्यसूची छ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...