Admission Open

ad place

आज बस्दै संसद बैठक, बजेटमाथिका प्रश्नको जवाफ प्रधानमन्त्री र अर्थमन्त्री दिने

काठमाडौं : आज पनि दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ । बैठकमा बजेटका विषयमा उठेका प्रश्नको जवाफ सरकारका पक्षबाट प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्रीले दिने छन ।

रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका प्रम देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको पनि जवाफ दिने भएका हुन् ।

सरकारले १५ जेठमा संसदमा बजेट प्रस्तुत गरेको थियो । बजेटमाथिको छलफल सकिएपछि मन्त्रीहरुले जवाफ दिइरहेका हुन् । बिहीबार नै अर्थमन्त्री जनार्दन शर्माले पनि संसदमा जवाफ दिने छन् ।

आज त्यसबाहेक राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...