Admission Open

नाडाको सहकार्यमा लुम्बिनीमा अटो मोवाइल्स व्यवसायीलाई प्रशिक्षण

बुटवल : नाडा अटो मोवाइल्स एशोसिएशन अफ नेपालको सहयोग र सहकार्यमा लुम्बिनी अटो मोवाइल्स एसोसिएसनको आयोजनामा लुम्बिनी तथा नेपालगञ्ज क्षेत्रका अटो मोवाइल्स व्यवसायीहरुको लागि कर, भन्सार तथा भिसिटीएस ट्रेनिङ दिइएको छ ।

शुक्रबार बुटवलको ड्रिम ल्याण्ड गोल्ड रिसोर्टमा आयोजना भएको ट्रेनिङ कार्यक्रममा सदस्य र अन्य आमन्त्रित सदस्यहरुसहित १२५ जनाको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नाडाका अध्यक्ष ध्रुव थापाले सम्बोधन गर्दै नाडा सधैँ देश भर छरिएर रहेका सदस्यहरुको समस्यासंग जुध्न र उनिहरुको क्षमता अभिवृद्धि गर्न लागि परेको बताए । उनले सबै क्षेत्रका व्यवसायीको व्यवसायिक कार्यक्षमता विकास आवस्यक रहेको बताए ।

त्यस्तै, भैरहवा भन्सार प्रमुख ज्ञानेन्द्र ढकालले भन्सार क्षेत्रको विद्यमान व्यवस्था र व्यवसायीहरुले भन्सारमा अपनाउनु पर्ने विषयमा प्रकाश पारेका थिए । उनले भन्सार प्रशासनलाई चुस्त बनाउन पनि व्यवसायीको भूमिका महत्वपूर्ण हुने जानकारी दिए ।

त्यसैगरी भैरहवा आन्तरिक राजश्व कार्यालयका प्रमुख मुक्ति आचार्यले राजश्व प्रशासनका विषयमा व्यवसायीलाई जानकारी दिएका थिए । उनले कति व्यवसायीले जानेर वा नजानेर पनि करमा समस्या हुन थालेको बताउँदै यस्ता कार्यक्रमले व्यवसायीलाई जानकारी र सचेतना जगाउने बताए ।

राजश्व अनुसन्धानका अधिकृत होमबहादुर पाण्डेले भिसिटी एस व्यवसायीकै हकहितको लागि भएको बताउँदै सबैलाई यसको विषयमा जानकारी रहनु पर्ने र यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए । कर छल्ने प्रवृति पूर्णरुमा हट्नु पर्ने विषयमा व्यवसायीलाई सचेत गराउँदै उनले कर छलीमा राजश्व अनुसन्धानले शून्य सहनसिलताको नीति अपनाउने धारणा राख्नु भएको थियो ।

कार्यक्रमको अध्यक्षता गरेका लम्बिनी अटोमोवाइल्सका अध्यक्ष गणेशप्रसाद भट्टराईले नाडाको सहयोगले आफ्ना सदस्यहरुको वृत्ति विकासम ठूलो भूमिका खेलेको बताउँदै भोलिका दिनमा नाडासँगको सहकार्यमा व्यवसायीहरुलाई अन्य कार्यक्रमहरु पनि संचालन गर्ने बताए । उक्त कार्यक्रममा चाटडर्ड एकाउन्टेन्ट साहिल अग्रवाल प्रमुख प्रशिक्षक रहेका थिए ।

कार्यक्रममा नाडा अटो मोवाइल्स एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल, महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषध्यक्ष मिलनबाबु मल्ल, सहकोषध्यक्ष पंकज अग्रवाल, सदस्यय मुना श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

टिप्पणिहरु
Loading...