Admission Open

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं : नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५ सयले बढेको छ ।

बिहीबार  छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेसँगै आज तोलाको ९८ हजार तोकिएको नेपाल सुुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाला सुन तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य तोलाको ९७ हजार ५ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ । बुधबार तेजाबी सुनको मूल्य तोलाको ९७ हजारमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य भने आज स्थिर रहेको छ । बुधबार चाँदी तोलाको १२८० मा कारोबार भएको थियो भने आज पनि सोही मूल्य तोहिएको महासंघले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...