Admission Open

६० अंकले बढ्यो नेप्से, बजेट पछि पहिलोपटक सेयर बजारमा हरियाली

[ १ अर्ब ६४ करोडको कुल कारोबार ]

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरे पछि लगातार घट्न थालेको सेयर बजार मार्केटमा आज भने सकारात्मक संकेत देखिएको छ ।

सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको थियो । बजेट सार्वजनिक गरेको ९ दिन पछि सेयर बजार आज बढेको छ । आज सेयर बजार ६० दशमलव २२ अङ्कले बढेर दुई हजार ८० दशमलव ४४ विन्दुमा पुगेको छ । सबै समूहको सेयर बढेर आज बजार हरियो देखिएको छ ।

आज नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ । दुई सय ३१ वटा कम्पनीको ५० लाख पाँच हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको पाँच करोड १२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आज सामुदायिक लघुवित्त, उपकार लघुवित्त र बलेफी हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ ।

माउन्टेन हाइड्रो, आरबीबी म्यूचअल फण्ड, नबिल ब्यालेन्स फण्डसहितका कम्पनीका कमपनीको सेयर मूल्य भने घटेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...